• Thursday 8th of October 2026

विद्या बालन माग्थिन् पाँचतारे होटल अगाडि भीख!


  • धनकुटा खबर
  • .

काठमाडौं— विद्या बालनले आफ्नो करियरमा अहिलेसम्म धेरै उत्कृष्ट फिल्म गरिसकेकी छन्। उनी निकै विलासी जीवन बिताउँछिन्। तर एक पटक उनले पनि भीख माग्नु परेको थियो भने सायदै पत्याउनु हुन्न। यसको खुलासा अभिनेत्री स्वयंले गरेकी छन्।

विद्याले ‘परिणीता’, ‘कहानी’, ‘लगे रहो मुन्ना भाइ’, ‘बेगम जान’ जस्ता फिल्ममा आफ्नो उत्कृष्ट अभिनयले दर्शकको मनमा स्थान बनाएकी छन्। अहिले विद्या बालन ‘दो और दो प्यार’ बाट सिल्वर स्क्रिनमा कमब्याक गर्दैछिन्।

निकै विलासी जीवन जिउने विद्याले एकपटक पाँच तारे होटल बाहिर भिख माग्नु परेको खुलासा गरेकी छन्। अब थाहा पाउनुहोस्, खासमा के भएको थियो?

म्यासेबल इन्डियालाई दिएको अन्तर्वार्तामा विद्याले भनेकी छन्, ‘हाम्रो आईएमजी अर्थात् इन्डियन म्युजिक ग्रुप थियो। उनले प्रत्येक वर्ष शास्त्रीय संगीत कन्सर्ट, भारतीय क्लासिक संगीत कन्सर्टहरू आयोजना गर्थे। यो कन्सर्ट तीन दिनसम्म रातभर चलेको थियो। यो धेरै अद्भूत थियो। म पनि सोही आयोजक समितिमा थिएँ। वास्तवमा म स्वयंसेवक थिएँ। कार्यक्रम मिलाउन सहयोग गर्थे र राति कार्यक्रम सकिएपछि नरिमन प्वाइन्ट घुम्न जान्थ्यौ।’

विद्याले थप खुलासा गरिन्, ‘एकपटक मलाई चुनौती दिइयो। उसले मलाई पाँचतारे होटल ओबरोय द पाम्सको कफी सपको ढोका ढकढकाएर केही खाने कुरा माग्न भनियो। म एक अभिनेता थिएँ, उनलाई यो थाहा थिएन। मैले लगातार ढोका ढकढकाउन थालें। सबैलाई रिस उठ्न थाल्यो। मैले धेरै पटक ढकढक्याए। मैले भनेँ, ‘प्लिज मलाई भोक लागेको छ। हिजोदेखि मैले केही खाएको छैन। र मलाई आउन आग्रह भयो। मैले शर्त जितेँ।’

पाँच तारे होटल अगाडि भीख माग्ने विद्या करोडौँको मालिक हुन। मेन्स एक्सपीका अनुसार विद्याको हाल कुल नेटवर्थ १३६ करोड रुपैयाँ छ। विद्या बालन र सिद्धार्थ रोय कपुरको मुम्बईमा ८ करोड भारुको विलासी अपार्टमेन्ट छ। विद्याले एउटा फिल्मका लागि ३ करोडभन्दा बढी पारिश्रमिक लिन्छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖