• Wednesday 7th of October 2026

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौँ । अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

इजरायलले इरानमाथि जवाफी आक्रमण गरेको खबर आइरहेका बेला अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको हो । इरानले भने हवाई आक्रमण नभएर इजरायलले आफ्नो भूमिमा ड्रोन मात्र उडाएको बताएको छ ।

यो दाबीपछि अष्ट्रेलियाले इजरायलमा रहेका आफ्ना नागरिकलाई इजरायलविरुद्ध सैन्य र आतंकवादी हमलाको खतरा रहेको बताउदै छोड्न निर्देशन दिएको हो ।  अस्ट्रेलियाको विदेश मन्त्रालयले भनेको छ- ‘हामी इजरायल र इजरायल नियन्त्रित प्यालेस्टाइनमा रहेका अष्ट्रेलियाली नागरिकहरूलाई देश छोड्न अपील गर्दछौं ।’
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖