• Wednesday 7th of October 2026

ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास


  • धनकुटा खबर
  • .

न्यूयोर्क । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दामाथि सुनुवाइ भइरहेको म्यानहट्टनस्थित अदालतबाहिर एक व्यक्तिले आफूलाई आगो लगाएका छन् । आत्मदाहअघि उनले नजिकै भेला भएका सञ्चारमाध्यमहरू अगाडि पर्चा फालेका थिए ।

प्रहरीले घटनास्थलमा दिएको प्रतिक्रिया अनुसार उनको मनसाय अज्ञात छ । अधिकारीहरूले घटनामा अदालतको सुरक्षामा खलल नपरेको पनि बताए।

घटनापछि आयोजित पत्रकार सम्मेलनमा अनुसन्धानकर्ताहरूले उनीहरूले स्थानीय समय अनुसार दिउँसो साढे १ बजे ९११ मा आपतकालीन कल प्राप्त गरेको जसमा उनीहरूलाई एक व्यक्तिले आफूलाई आगो लगाएको बताइएको जानकारी दिए ।

उनीहरूले आत्मदाह गर्ने व्यक्ति म्याक्सवेल अजरेलोका रूपमा पहिचान गरेका छन् । उनी गत हप्तामा फ्लोरिडाको आफ्नो घरबाट न्यूयोर्क आइपुगेका थिए। न्यूयोर्कमा उनको कुनै आपराधिक रेकर्ड छैन, र फ्लोरिडामा उनको परिवारलाई उनी न्युयोर्क आइपुगेको थाहा थिएन ।

न्युयोर्कका प्रहरी प्रमुख जेफ्री म्याड्रीले घटनाअघि अजरेलोलाई पार्कमा वरिपरि घुम्दै गरेको देखिएको थियो। ‘उनका पर्चाहरू “प्रोपोगान्डामा आधारित” थिए,’ प्रमुख म्याड्रीले भने, ‘ती “षड्यन्त्रको सिद्धान्त” सम्बन्धी थिए।’

मुद्दाको कारण अदालत बाहिर ठुलो सङ्ख्यामा प्रहरीको उपस्थिति थियो । अधिकारीहरू तुरुन्तै आगो निभाउन पुगेका थिए । यसका बाबजुद उनको शरीर धेरै नराम्रोसँग जलेको छ । उनलाई गम्भीर अवस्थामा अस्पतालको बर्न सेन्टरमा लगिएको प्रहरीले जनाएको छ ।

-बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖