• Wednesday 7th of October 2026

मस्कको भारत भ्रमण स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् ।  मस्कको आइतबार भारत आउने कार्यक्रम थियो ।

भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो । अब मस्कले यसै बर्षको अन्त्यमा भारत आउने बताएका छन् ।

मस्कले भनेका छन्- ‘दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु ।’

गत महिना सरकारले विश्वव्यापी सवारी निर्माताहरूका लागि विद्युतीय सवारीमा आयातमा कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्ने तयारीका क्रममा मस्कको यो भ्रमणलाई महत्वपूर्ण हुने ठानिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖