• Sunday 18th of October 2026

आगो निभाउने क्रममा दुई जना घाइते


  • धनकुटा खबर
  • .

पाल्पा, वैशाख ९ । पाल्पामा आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् । शनिवार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा रैनादेवी छहरा–१, का ५५ वर्षका टोपबहादुर बुढा गम्भीर घाइते भएका हुन् । उनलाई उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए।

सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिवार बिहानैदेखि आगलागी भएको थियो । आगलागीबाट स्थानीय भरिवश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको छ । सिद्धेश्वर क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

यस्तै माथागढी–४,जामुनडाँडामा आगो निभाउने क्रममा स्थानीय ६५ वर्षका पूर्णबहादुर काम्मु घाइते भएका छन्। काम्मुको अवस्था भने सामान्य रहेको माथागढी गाउँपालिकाका प्रवक्ता शङ्कर दर्लामीले जानकारी दिए।

स्थानीय खमीसरा काम्मुको गोठबाट सल्केको आगोले पाँच जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो । घर गोठमा लागेको आगो नियन्त्रणमा आए पनि उक्त आगो जङ्गलमा पसेको र अझैँ नियन्त्रणमा आउन नसकेको दर्लामीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖