• Sunday 18th of October 2026

गोरखाको वीरेन्द्र ताल फुट्यो,सतर्क रहन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको पुष्टि गरे ।

‘तालको पानी बाहिर आएको जानकारी आएको छ, तर थप विवरण आइसकेको छैन ।’ उनले ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन भइसकेको जानकारी दिए ।

बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖