• Sunday 18th of October 2026

अनलाईन सट्टेवाजीमा संलग्न १५ जना पक्राउ


  • धनकुटा खबर
  • .

नेपालगंज उपमहानगरपालिका १ धम्बोझीबाट विभिन्न अनलाईन माध्यमको प्रयोग गरि सट्टेवाजी जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा बर्दिया गुलरीया नगरपालिका ६ बस्ने ३८ वर्षीय बिराज पौडेल समेत १५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेवाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेव पोर्टल मार्फत आइपिएल लगायत खेलहरूमा अनलाईन सट्टेवाजी गराएको खुल्न आएको छ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖