• Sunday 18th of October 2026

मोटरसाइकल दुर्घटना हुँदा चौधरी दम्पतीको मृत्यु


  • धनकुटा खबर
  • .

महोत्तरी । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सर्लाही ईश्वरपुर नगरपालिका ५ का मोटरसाइकल चालक ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरी मृत्यु भएको हो ।

बर्दिबास नगरपालिका ३ कालापानी जंगलस्थित सडकमा बा प्र ०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमवार दिउँसो दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖