• Sunday 18th of October 2026

‘ब्ल्याकमेल’ को नौलो धन्दा, ‘फिटनेस चेकअप’ भन्दै युवतीकाे नग्न फोटाे माग


  • धनकुटा खबर
  • .

काठमाडौ । युवतीहरुलाई ‘ब्ल्याकमेल’ गरेको अभियोगमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी पक्राउ परेका छन् ।

उनले फेसबुकमा ‘पाथीभरा माता’ नामक अकाउन्ट खोलेर युवतीहरुलाई ‘ब्ल्याकमेल’ गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले सामाजिक सञ्जालमा रोजगारीका विभिन्न खालका प्रचार गर्दै आएका थिए ।

रोजगारी दिलाउने बहानामा ‘फिटनेस चेकअप’ भन्दै युवतीहरुलाई नग्न फोटो तथा भिडियो पठाउन लगाएको साइबर ब्युरोका सूचना अधिकारी दीपकराज अवस्थीले जानकारी दिए । अधिकारीले नग्न फोटो तथा भिडियो पाएपछि युवतीहरुलाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए ।

प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖