• Wednesday 7th of October 2026

महिलाहरुलाई स्वप्न दोष हुँदा यौन सम्बन्ध राख्दा भन्दा पनि बढी सन्तुष्टी मिल्ने !


  • धनकुटा खबर
  • .

पुरुषहरुले स्वप्न दोष भन्ने वित्तिकै आफूहरुलाई मात्र हुने होला भन्ने ठान्छन् तर यो भ्रम हो । महिलाहरुलाई पनि स्वप्न दोष हुने गर्दछ । स्वप्न दोष पुरुषलाई मात्र नभएर महिलाहरुलाई पनि हुने एक अध्यनले पत्ता लगाएको हो ।

अमेरिकी डाक्टर अल्फ्रेड किन्स्लले ६ हजार महिलाहरुमाथि अध्यन गरेका थिए । उनीहरु मध्ये ३७ प्रतिशत महिलाले ४५ वर्षको उमेरसम्म स्वप्नदोष हुने बताएका थिए । सपनामा यौन सम्बन्धि गतिविधी देखेपछि स्वप्नदोष हुने र यौन सम्बन्ध राख्दा भन्दा पनि बढी सन्तुष्टी मिल्ने समेत उनीहरुले खुलासा गरेका हुन् ।

महिलाहरुले स्वप्न मा कसैसँग यौनक्रियाकलाप मा मग्न भएको देख्छन् र योनि बाट चिप्लो पानी बग्नु सँगै पूर्ण आन्तरिक स्राव भएर पूर्ण सन्तुष्टि मिलेको अनुभूति लिन्छन् । विशेष गरेर टाइट प्यान्टी लगाउँदा या सुतेका बेला दुई तिघ्राको बिचमा हात च्यापेर सुतेको खण्डमा समेत यस्तो हुने सम्भावना बढी हुने गर्दछ ।

स्वप्न दोष हुँदा थाहै नपाई निद्रामै कामोत्तेजना बढ्दा केही महिलाहरू अचानक ब्युँझिन्छन् र यस्तो बेला उनीहरूलाई योनीभित्र गिलोपन र चिप्लोपनको अनुभूति हुन्छ । केही महिलाहरू राति तीव्र चरमसुख अनुभव गरेर ब्युँझिने गर्छन् । यसमा कुनै पनि प्रकारको स्खलन हुँदैन तर योनी भने गिलो हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖