• Wednesday 7th of October 2026

डिपफेक भिडियोविरुद्ध उजुरी रणवीर सिंहले दिए उजुरी


  • धनकुटा खबर
  • .

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो डिपफेक भिडियोविरुद्ध उजुरी दिएका छन् । रणवीरका आधिकारिक प्रवक्ताले उजुरी दर्ता गरेको पुष्टि गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै प्रवक्ताले भने, ‘हो, हामीले पुलिसमा उजुरी दर्ता गरेका छौँ र रणवीर सिंहको एआईबाट जेनरेट गरिएको डीपफेक भिडियोको प्रचार गर्ने ह्यान्डल विरुद्ध एफआईआर दर्ता गरिएको छ।’

उजुरी दर्ता गर्नु बाहेक, रणवीरले हालै सोसल मिडियामा आफ्ना फलोअरहरूलाई चेतावनी दिएका थिए र लेखेका थिए, ‘साथीहरू, डीपफेकहरूबाट जोगिनुहोस्।’ डीपफेक भिडियोमा रणवीर राजनीतिक दललाई समर्थन गरेको देखिएका छन् । यो भिडियो रणवीरको भर्खरै वाराणसी भ्रमणको हो जसमा उनले सहरसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरिरहेका थिए।

यसअघि अभिनेता आमिर खानको एउटा डिपफेक भिडियो पनि भाइरल भएको थियो जसमा उनी राजनीतिक दललाई समर्थन गरेको देखिएका थिए ।

भिडियो भाइरल भएपछि आमिरले यसमा प्रतिक्रिया दिँदै आफू कुनै पनि पार्टीलाई समर्थन नगर्ने र यो भिडियो नक्कली भएको बताए । अभिनेताले यस विषयमा साइबर सेलमा एफआईआर पनि दर्ता गराएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖