• Sunday 18th of October 2026

प्रहरीले बोकेको पेस्तोल नै हराएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ । प्रहरीका वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता दधिराम न्यौपानेले पेस्तोल हराएको पुष्टि गरे । ‘हिजो राति अपरेसनमा जाँदा हराएको हो, खोजी भइरहेको छ,’ डीएसपी न्यौपानेले अनलाइनखबरसँग भने ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ सई बिसीसहितको टोली सोमबार राति लागुऔषधको अपरेसनमा गएको थियो । सो क्रममा लागुऔषध गाँजासहित केही व्यक्ति समेत पक्राउ परेका थिए । अपरेसनकै क्रममा पेस्तोल हराएको डीएसपी न्यौपानेको भनाइ छ ।

वरिष्ठ सई बिसीले बोकेको १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो । घटनाबारे बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖