• Wednesday 7th of October 2026

पिसाबमा फिँज आउनु कुन रोगको संकेत हो ?


  • धनकुटा खबर
  • .

कहिलेकाँही मानिसमा पिसाबको रंग परिवर्तन हुनुका साथै त्यसमा झाग अर्थात फिँज पनि आउने गर्छ । पिसाबबाट झाग आउनु कुन रोगको संकेत हुन सक्छ यसबारेमा जानौं–

विशेषज्ञका अनुसार पिसाबमा झाग आउनु भनेको मिर्गौला सम्बन्धी रोगको संकेत पनि हुन सक्छ ।

किन आउँछ फिँज ?

समस्या हुँदा मिर्गौलाले प्रोटिन फिल्टर गर्न सक्दैन जसले गर्दा पिसाबको माध्यमबाट शरीरको प्रोटिन बाहिर निस्कन्छ । जसले गर्दा पिसाबमा फिँज आउँछ । यस्तो अवस्थामा पटक पटक पिसाब आउने समस्या पनि हुन सक्छ । यस्तो संकेत ब्लड सुगरको समस्यामा पनि देखिने गर्छ ।

पिसाबको प्याटर्न परिवर्तन

शरीरमा मिर्गौलाको समस्या हुँदा मानिसमा पिसाबको प्याटर्नमा पनि कयौं परिवर्तन देखिन सक्छन् । यसमा पिसाबको रंग परिवर्तन, पिसाब फेर्न समस्या, पिसाब कम आउनु तथा पेट दुख्ने आदि हुन्छ ।

मिर्गौला रोगका अन्य लक्षण

मिर्गौलामा समस्या हुँदा तपाईंको शरीर सुन्निने, उच्च रक्तचाप, पटक पटक पिसाब आउने, पिसाबको रंगमा परिवर्तन आउने जस्ता लक्षण देखिन सक्छन् ।

मिर्गौला रोगबाट बच्ने उपाय

मिर्गौलाको समस्या ठिक गर्न नियमित कसरत गर्नुहोस्, तौल नियन्त्रणमा राख्नुहोस्, नुनको सेवन धेरै नगर्नुहोस, शरीरलाई हाइड्रेट राख्न तरल पदार्थ पिउनुहोस साथै औषधिहरुको सेवन कम गर्नुहोस् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖