• Sunday 18th of October 2026

उदयपुरमा मार्ने धम्की दिएर ६६ वृद्धा बलात्कृत


  • धनकुटा खबर
  • .

उदयपुर । ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।

लिम्चुङबुङ गाउँपालिका-४ लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले ती महिलालाई ज्यान मार्ने धाकधम्की समेत दिई आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖