• Wednesday 7th of October 2026

केपी ओलीको अभिनय : वान टेकमा ओके


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनयमा जति नै खरिएका कलाकार किन नहुन् । अभिनयमा उनीहरुले एक दुई टेक खानु सामान्य हो । कतिपय अवस्थामा उनीहरुले धेरै टेक समेत खान्छन् ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने फिल्म ‘नमेटिने घाउ’ अभिनय वान टेकमा ओके गरे । मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा गरिएको फिल्मको सुटिङमा ओलीको अभिनय वान टेकमा ओके भएको हो ।

बिहान ११ बजे नै ओलीको सट लिन निर्माण युनिट बिहानैदेखि सेटमा तयार अवस्था थिए । ओलीले भने करिब ४ बजे सेट ज्वाइन गरे । ओलीले सेट ज्वाइन गर्दा टेक धेरै खान्छन् कि, त्यसले सुटिङ नसकिने हो कि भन्ने चिन्ता निर्माण युनिटमा थियो । ओलीले आफ्नो अभिनय वान टेकमा ओके गर्दा सुटिङ युनिट सबैमा खुसी छाएको थियो ।

‘नमेटिने घाउ’ अभिनेता रमित ढुङ्गानाले निर्देशन गरेको फिल्म हो । फिल्ममा ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् । निर्माण युनिटले ओलीको प्रधानमन्त्रीको भूमिका सेट तयार गरेर एमाले पार्टी कार्यालयको मिटिङ हल भित्र गरेका हुन् ।

निर्धारित समय भन्दा करिब ४ घण्टा ढिलो सेटमा पुगेका ओलीले अभिनयका लागि टेक दिनु अगाडि पहिले प्रोफेसनल कलाकार झैँ क्यामरा पूजा गरेका थिए । ओलीले बिना मेकअप फिल्मका लागि सट दिएका थिए । ओलीसँग फिल्मका निर्देशक रमित ढुङ्गाना र एसिड सर्भाइभर मुस्कान खातुनको पनि अभिनय रहेको थियो ।

फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो ।

‘आफूमाथि एसिड आक्रमण भएपछि मुस्कानले तत्कालीन प्रधानमन्त्री ओलीलाई भेटेका थिए’, निर्देशक रमितले ओलीको अभिनयबारे प्रस्ट्याए ‘त्यही दृश्यको सुटिङ अहिले गरिएको हो ।’ फिल्म सत्यघटनामा आधारित भएकोले पनि ओलीलाई अभिनय गराएको रमितको धारणा रहेको छ ।

‘मुस्कानले एसिड आक्रमणमा परेपछि नेता माधव नेपाल र ज्ञानेन्द्र शनाहीलाई पनि भेटेकी थिइन्’, रमितले थपे, ‘त्यो दृश्य केही दिन पहिले छायांकन भएको छ ।’

एसिड सर्भाइभर मुस्कानले आफ्नो कथामा फिल्म बन्दा खुसी लागेको बताइन् । फिल्मले सर्वसाधारणमा जनचेतनाको काम गर्ने उद्देश्यले निर्माण भएको उनले बताइन् ।

रमितको निर्देशनमना डेब्यु रहेको फिल्मको घोषणा कार्यक्रममा पनि ओलीले सहभागतिा जनाएका थिए । फिल्मले दुई महिना अगाडि पोखराको विन्धावासिनि मन्दिरमा शुभमुर्हत गर्दै छायांकन थालेको थियो । पोखरापछि, वीरगञ्ज, चपुर लगायतका स्थानमा छायांक्न भएको फिल्मको छायांकन ओलीको अभिनयसँगै सकिएको छ । ओलीले यसअघि ‘रातो सूर्य’ फिल्म पनि अभिनय गरेका थिए । जसन प्रदर्शनमा आउन बाँकी रहेको छ ।

शिवं अधिकारीको लेखन् रहेको फिल्ममा आरती आचार्य, उमेस सुनाम, आर्जु, सिजन राउत, इभा गिरी, प्राप्ति पौडेल, विशाल देवकोटा, कमल देवकोटा, अर्जुन दुलाल, रोहित श्रेष्ठ, सन्दिप बाबु लोहनीलगायत कलाकारले अभिनय गरेका छन् । फिल्मका छायांकार नीरज कँडेल हुन् ।

फिल्म आगामी तिहारको छेको पारेर प्रदर्शनमा आउने निर्माण युनिटले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖