• Sunday 18th of October 2026

चिनिमिल अगाडिको नालामा अज्ञात पुरुषको शव बरामद


  • धनकुटा खबर
  • .

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित चिनी कारखाना अगाडिको नालामा एक अज्ञात पुरुषको शव भेटिएको ।

अन्दाजी ५०-५५ वर्ष उमेर रहेको पुरुषको शव नालामा घोप्टो परेको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मङ्गलवार दिउँसो स्थानीयहरूले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली त्यहाँ खटाइएको छ ।

पहिचान खुल्न नसकेको शवको विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।-यात्राडेली

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖