• Wednesday 7th of October 2026

सुरक्षित यौन सम्पर्क राख्ने तरिका


  • धनकुटा खबर
  • .

हरेक पटक सुरक्षित यौनव्यवहार अपनाउनु पर्छ । महिलालाई विभिन्न प्रकारका यौन सम्बन्धहरू राख्नुपर्ने अवस्था आइपर्न सक्छन् । कुनै–कुनै महिलाले बलात्कार तथा यौनजन्य समस्या खेप्नुपर्छ ।

विवाहित महिलामध्ये धेरै महिलाका श्रीमानले अन्य महिलाहरू वा देहव्यापारमा संलग्न महिलाहरूसँग यौनसम्पर्क राखेका हुन सक्छन् । कतिपय महिलाहरू बाध्यताबश वा इच्छाले देहव्यापारमा संलग्न हुन्छन् । यसरी महिलाहरुलाई विभिन्न तरिकाले यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य पारिन्छ र त्यसैकारण यौन रोग लाग्न सक्छ ।

धेरै महिलाहरू एक जनासँग मात्र यौन सम्पर्क राख्दा यौनरोग लाग्न सक्दैन भन्ने सोचाइ राख्छन् । महिलाले यस्तो सोचाई राख्नु हुँदैन किनभने ः

कुनै महिलाको एक जना मात्र यौनजोडी भएको तर उसलाई यौन रोग लागेको थियो भने ती महिलालाई अञ्जानमा यौन रोग सरेको हुन सक्छ ।
आफ्नै श्रीमान्को पनि अरूसँग सम्र्पक छैन् भन्ने कुनै ग्यारेन्टी गर्न सकिदैन । त्यसैले आफ्नै श्रीमानबाट पनि महिलालाई यौन रोग सर्न सक्छ ।
असुरक्षित यौन सम्पर्क भएमा के गर्ने ?

असुरक्षित यौनसम्पर्क भएमा दुईवटा सम्भावनाहरू हुन सक्छन् ः

१. गर्भ रहन सक्छ ।

२. एच.आई.भी.एडस् वा यौनजन्य रोग लाग्ने सम्भावना हुन्छ । असुरक्षित यौन सम्पर्क हुँदा कन्डम फुटेमा यौन रोग सर्न सक्छ । बलात्कार भएमा वा यौनजोडीलाई कन्डम प्रयोग गराउन नसकेर यौन सम्पर्क राख्न बाध्य भएमा ।

यस्तो बेला ध्यान दिनुपर्ने कुराहरु ः

कन्डमको प्रयोग गर्न सक्ने अवस्था छैन तर यौन सन्तुष्टि लिनुपर्ने छ भने चुम्मा खाने, म्वाई खाने, आलिङ्गन गर्ने जस्ता उपायहरु अपनाउनु पर्छ ।
वीर्य वा योनीरस पैदा नभई वा स्खलित नगरी यौन सम्पर्क गर्नुपर्छ ।
यौन सम्पर्क सकिएपछि योनीको भित्रसम्म शुक्रकीटनाशक फिँज चक्की राख्नुपर्छ । यसो गरेमा गोनोरिया र क्लामिडियाका सूक्ष्म जीवहरु केही मात्रामा मर्न सक्छन् । साथै वीर्यको शुक्रकिट पनि झर्न सक्छ ।
असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टाभित्रमा सकेसम्म चाडै आकस्मिक परिवार नियोजन सेवा लिनुपर्छ । यसले अनुच्छुक गर्भधारण रोक्छ ।
आफ्नो श्रीमान् तथा यौनजोडीलाई सुरक्षित यौनकार्यको अभ्यासका लागि राजी गराउदा पर्न सक्ने समस्याहरू तथा त्यसका समाधानका केही उदाहरणहरू ः

१. आफैभित्र रहेको संकोच ः सबैभन्दा पहिलो समस्या त घेरै जसो महिलाहरूमा हुने संकोच नै हो । महिलाहरू आफ्नो यौन जोडीसँग सुरक्षित यौनकार्यको आवश्यकताका बारेमा खुलेर कुराकानी गर्न अप्ठ्यारो मान्छन् ।

आफुलाई ज्ञान हुँदैहुदँै र कुरा गर्ने मन हुँदाहुदै पनि लाज र संकोचको कारण दोहोरो कुराकानी नभएर सुरक्षित यौन कार्यको अभ्यास हुन पाउँदैन । हाम्रो संस्कारमा महिलाहरुले यौन कार्यका बारेमा चर्चा नगर्ने अर्को कारण ‘उत्ताउली’ भन्लान् भन्ने डर हो । यौनकाबारेमा केही कुरा गर्दा आफ्नो पति वा यौन साथीले आपूmलाई केही नराम्रो सोच्ला कि भन्ने विचारले पनि महिलाहरू संकोच मान्न सक्छन् ।

समाधान ः यौन समस्याको विषय आफ्नो स्वास्थ्य, जीवन र भावी सन्तानकोसमेत जीवनसँग गासिएको विषय भएकाले लाज र संकोच मान्नु हुँदैन । आफ्नो मन मिल्ने दिदी–बहिनीहरुसँग कुरा गर्र्दै लाज संकोच हटाउने अभ्यास गर्नुपर्छ ।

२. पुरुषहरूमा सुरक्षित यौन सम्बन्धको महत्वका बारेमा ज्ञानको कमी ः यदि यौन कार्यमा संलग्न भएको पुरुषलाई सुरक्षित यौन सम्बन्धको महत्व बारे ज्ञान नभएमा वा उसलाई सुरक्षित यौन सम्बन्धका कारण हुने स्वास्थ्य समस्याबाट कस्तो दीर्घकालीन असर पर्छ भन्ने कुरा थाहा भएन भने सुरक्षित यौन सम्बन्धको अभ्यासका लागि उसलाई राजी गराउन गाह्रो पर्न सक्छ । साथै सुरक्षित यौन सम्पर्कका विधिहरू प्रयोग गरी यौन रोगहरूबाट बँच्न सकिन्छ भन्ने ज्ञान नहनु पनि सक्छ । यसकारण सुरक्षित यौन सम्बन्ध राख्ने चाहना हटाउन सक्छ ।

समाधान ः आफ्नो श्रीमान् वा यौनजोडीलाई यौन संक्रमण फैलिने माध्यम र रोकथामका उपायहरुका बारेमा बताउनुपर्छ । यस्तै अनिच्छत गर्भ रहने भएकाले यसबाट परिवारमा पर्ने नकारात्मक असरका बारेमा पनि उनीहरुलाई सम्झाउनु पर्छ । साथै उनीहरूलाई स्वास्थ्य कार्यकर्ताहरूसँग भेटघाट गरी आवश्यक जानकारी लिन प्रोत्साहित गर्नुपर्छ । सुरक्षित यौन सम्बन्धबाट हुने जोखिमबारे राम्ररी थाहा पाएपछि उनीहरू बढी सहयोगी हुन सक्छन् ।

३. नैराश्यता ः यदि श्रीमान् वा यौन जोडी बढी ढिपी गर्ने स्वभावका छन् भने वा असहयोगी प्रकृतिको छ भने पटक–पटक सम्झाउदाँ पनि सुरक्षित यौन सम्बन्धको अभ्यास गर्न राजी नहुँदा नैराश्यता उत्पन्न हुन सक्छ ।
‘अब म उसलाई मनाउन सक्दिनँ’ भन्ने ठानेर हरशे खान खान हुँदैन । निराश भएर आफ्नो प्रयत्न छाडेमा सुरक्षित यौन सम्बन्धको अभ्यास सम्भव हुँदैन ।

समाधान ः यो ज्यादै कठिन स्थिति हो तर निराश हनु हुँदैन धर्यताका साथ आफ्नो प्रयत्न जारी राख्नुपर्छ । यस्तो अवस्थामा सुरक्षित यौन सम्बन्धको अभ्यास गर्ने अरु कुनै राम्रो परिचित जोडी छन् भने उनीहरुको उदाहरण दिनु पनि उपयोगी नै हुन्छ । गाउँघरमा आफ्नो राम्ररी चिनजान भएका दिदी–बहिनीहरुसँग पनि सरसल्लाह गर्न सकिन्छ । उनीहरूमध्ये कसैलाई यस्तै समस्या थियो कि उनीहरूले यसलाई कसरी समाधान गरे भन्ने अनुभवका आधारमा समाधानका उपायहरु जान्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖