• Sunday 18th of October 2026

झापामा बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा ३ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।

विपरीत दिशाबाट आएको प्रदेश १- ००१-००१ च ९३२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए ।

तीनै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उनीहरूको उपचारको क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका थिए । मृतक तीनै जनाको पहिचान खुलिसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖