• Sunday 18th of October 2026

तीन जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका–१४ स्थित जन स्वास्थ्य कार्यालय नजिक नालीको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका-९ रमुवादहस्थित भगरम खोलामा सोही ठाउँ बस्ने ५० वर्षीय सहिलाल बुढामगर मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोमबार घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यता रूपन्देही स्थित देवदह नगरपालिका-९ घोडाहा फुलबारी टोल बस्ने ४४ वर्षीया दानुका रोकाया आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖