• Wednesday 7th of October 2026

राखीलाई अश्लील भिडियो मामलामा आत्मसमर्पण गर्न आदेश


  • धनकुटा खबर
  • .

एजेन्सी । बलिउड अभिनेत्री राखी सावन्तलाई भारतको सर्वोच्च अदालतबाट ठूलो धक्का लागेको छ। राखीले एक मामलामा भारतको सर्वोच्च आदलतसामु आत्मसमर्पण गर्नुपर्ने भएको छ।

पूर्वपति आदिल खानले आफ्नो अश्लील भिडियो दुरूपयोग गरेको आरोप लगाउँदै अदालतमा उजुरी दिएको मामलामा गिरफ्तारीबाट बच्न अग्रिम जमानतको माग गर्दै बम्बे उच्च अदालतकोे ढोका ढकढकाउन पुगेकी राखीले उच्च अदालतबाट कुनै राहत नपाएपछि झट्का व्यहोर्नुपरेको हो। सर्वोच्च अदालतले राखीको याचिकामाथि फैसला गर्न इन्कार गर्दै उनलाई चार हप्ताभित्र तल्लो अदालतमा आत्मसर्मपण गर्न आदेश दिएको छ।नेपाल समचारपत्रमा खबर छ ।

चार हप्ताभित्र उनले आत्मसमर्पण नगरेमा उनीमाथि कानुनी खतरा बढ्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राखीमाथि पूर्वपति आदिलले अश्लील भिडियो लिंक गरेको आरोप लगाएपछि इन्डियन प्यानल कोडको धारा ५००, ३४ र ६७ अनुरुप विद्युतीय रूपमा स्पष्ट अश्लील सामग्री प्रकाशित गरेको आरोपमा मुद्दा दायर भएको थियो।

राखीका वकिलले उनी धेरै प्रकारका रोगबाट पीडित भएको र शल्यक्रियासमेत गर्नुपर्ने स्थितिको जोखिममा रहेर पनि उक्त मामलाको अनुसन्धानमा सहयोग गरिरहेको बताएका थिए।

राखीले भने उच्च अदालतमा आफूले लिंक गरेको भिडियो पाँच वर्ष पुरानो भएको र सो भिडियो निकै नै धमिलो भएको बताएकी थिइन्। तर अभियोजकले भने राखीलाई हिरासतमै लिएर सोधपुछ गर्नुपर्ने माग राखेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖