• Sunday 18th of October 2026

काट्न लागिएको राँगो फुत्किएपछि…


  • धनकुटा खबर
  • .

लमजुङको सुन्दरबजार नगरपालिका-६ खत्रीठाँटीमा काट्नका लागि तयारी अवस्थामा राखिएको राँगो अचानक फुत्किएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर राँगोलाई नियन्त्रणमा लिएको छ।

बुधबार बिहान स्थानीय सुक बहादुर श्रेष्ठको छोरीलाई ‘गुफा’ बाट निकालिएको अवसरमा भोजका लागि राँगो काट्ने तयारी गरिएको थियो। बिहान ९:४५ बजेको समयमा काट्न लागिएको राँगो अचानक फुत्किएर भागेपछि स्थानीयले राँगोलाई समात्ने कोसिस गरेका थिए।

स्थानीहरूको बारम्बारको प्रयास विफल भएपछि उनीहरुले प्रहरीलाई खबर गरे। राँगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय भोटेओडार र सुन्दरबजारबाट खटिएको सात जनाको प्रहरी टोलीले गोली प्रहार गरी दिउँसो ११ बजेतिर राँगो नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रशासन कार्यालय लमजुङको आदेश अनुसार प्रहरी टोलीले ३०३ राइफलबाट १ राउण्ड गोली फायर गरी उक्त राँगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए।-नादरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖