• Wednesday 7th of October 2026

के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ?


  • धनकुटा खबर
  • .

आजभोलि ‘पिम्पल’ नामले प्रचलित रहेको ‘डन्डिफोर’ खासगरि किशोरावस्थामा अनुहारमा आउने समस्या बढी हुन्छ।धुलो, धूँवा, प्रदूषणको सोझो असर अनुहारको छालामा पर्दा यस्ता समस्याहरु देखिन्छन्। डन्डिफोरलाई बोलीचालीको भाषामा बैंशको खटिरा पनि भनिन्छ।

डन्डिफोरको उचित व्यवस्थापन गर्नसके यसको असर आफैं हराएर जान्छ । तर उचित व्यवस्थापन भएन भने यसले अनुहारै कुरूप पनि बनाउन सक्छ ।

चिकित्सकका अनुसार डन्डिफोर दुई प्रकारका हुन्छन् । पहिलो, साझा डन्डिफोर अर्थात उमेरको कारणले आउने । दोस्रो, उमेरपछि पनि आउने । पहिलो डन्डिफोर युवा उमेरमा शरीरमा उत्पन्न हुने एन्ड्रोजन जातको हर्मोनको कारणले देखिन्छ । यो हर्मोन केटाकेटी युवा उमेरमा प्रवेश गर्दा बढी उत्पन्न हुने भएकाले डन्डिफोर किशोर तथा युवाअवस्थामा बढी देखिन्छ।

किन आउँछ डन्डिफोर ?
तेल ग्रन्थीले तेलको अधिक उत्सर्जन गर्दा छालाको रोमछिद्र बन्द हुन्छ र डन्डिफोर आउँछ । शारीरिक र हार्मोनले परिवर्तनले पनि अधिक तेल उत्पादनमा भूमिका खेल्छ। केही दूधजन्य उत्पादनमा उच्च मात्रामा क्याल्सियम र चिनी पाइन्छ, जसले डन्डिफोरलाई बढावा दिन्छ ।

एस्ट्रोजेनयुक्त औषधी पनि डन्डिफोरको कारण हो। मेकअपका लागि प्रयोग गरिने सौन्दर्य प्रसाधनमा रहेको रसायन सही ढंगले पखालिएन भने त्यसलेसमेत डन्डिफोर निम्त्याउँन सक्ने चिकित्सकको भनाइ छ ।

यस्तो छ डन्डिफोरको घरेलु उपचार

१. डन्डिफोर हटाउन अनुहारलाई मनतातो पानीले धुने र राम्रो फेसवासको प्रयोग गर्ने ।

२. चन्दन पाउडरमा कागतिको रस मिलाएर लेप बनाइ अनुहारमा लगाउने । यो एक प्राकृतिक उपचार विधि हो। यसले अनुहारमा कुनै क्षति पुर्याउँदैन। यो अनुहारमा पाँच मिनेटसम्म लगाउन सकिन्छ।

४. केरा खान मात्रै होइन, अरू हिसाबले पनि गुणकारी फल मानिन्छ। केरालाई मुछेर अनुहारमा दल्न सक्नुहुन्छ । यसबाहेक मह, दहीसँग मिसाएर पनि लगाउन सक्नुहुन्छ। लगाएको केही समयपछि पानीले धुनुपर्छ।

५. सायद यो कुरा धेरैलाई थाहा छ, डन्डिफोर आएको छ भने कागतीको रस लगाउनुपर्छ। तर, ध्यान दिनुहोस् कागतीको रस सीधै अनुहारमा लगाउँदा पोल्ने डर हुनसक्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुहोस्।

६. एक कप पानीमा ल्वाङ राखेर उमाल्नुहोस् । उमालिसकेपछि केहीबेर राखेर चिस्याउनुहोस् र ल्वाङलाई मिचेर डन्डिफोर आएको ठाउँमा दल्नुहोस् । झन्डै आधा घन्टा राखेर चिसो पानीले धुनुहोस्।

७. अत्याधिक मात्रामा पानी पिउनुपर्छ। केही दिनका लागि चिया, कफीजस्ता शरीरमा गर्मी पुर्याउने चिजको सेवन गर्नु हुँदैन। यसो गर्दा अनुहारमा चमक आउँछ। र, डन्डिफोरजस्ता पिम्पल आउँदैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖