• Sunday 18th of October 2026

प्रेम सम्बन्धले चरम रुप लिँदा धनुषामा झडप, ७ सेल अश्रुग्यास प्रहार


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका—१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।

एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।-प्रेसपत्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖