• Sunday 18th of October 2026

सशस्त्रका इन्सपेक्टर चन्दका प्रमाणपत्र नक्कली


  • धनकुटा खबर
  • .

काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपाल नं ३६ गण हेडक्वार्टर, डोटीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक(इन्सपेक्टर) प्रकाशबहादुर चन्दको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ ।

माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन युपी) बाट जारी भएको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको हो।

उनले नक्कली प्रमाणपत्र पेस गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिई त्यसपश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र देखाएर सशस्त्र प्रहरी निरीक्षक पदसम्म पुगेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

उनले नक्कली प्रमाणका भरमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖