• Wednesday 7th of October 2026

अभिनेता वरूण धवनको कति छ सम्पत्ति?


  • धनकुटा खबर
  • .

अभिनेता वरूण धवन बलिउडका महँगा कलाकारमध्ये एक हुन्।
उनले ‘बदलापुर, बद्रीनाथकी दुल्हनिया, अक्टूबर’ जस्ता फिल्ममा काम गरिसकेका छन्। यी फिल्मबाट उनको चर्चा झनै चुलिएको थियो।

उनी महँगो पारिश्रमिक लिने कलाकारको सूचीमा सामेल छन्। उनले पछिल्लो फिल्म ‘कुली नम्बर १’ को लागि २५ करोड भारू लिएका थिए।

सन् २०१७ मा उनले मुम्बईमा एक अपार्टमेन्ट किनेका थिए। जसमा जिम र स्टाइलिश बेडरूम छ। उनले उक्त अपार्टमेन्ट २० देखि २५ करोड भारूमा किनेका थिए।

वरूणसँग करिब ३८१ करोड भारूको सम्पत्ति छ। वरूण लग्जरी गाडीको पनि शौकिन छन्। उनीसँग गाडीसँगै बाइकको पनि कलेक्सन छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖