• Wednesday 7th of October 2026

एकसाथ देखिँदै ‘सिआइडी’ का दया र अभिजित, कस्तो हुनेछ कार्यक्रम?


  • धनकुटा खबर
  • .

भारतीय टेलिशृंखला ‘सिआइडी’ का चर्चित पात्र हुन् अभिजीत र दया।
आदित्य श्रीवास्तवले अभिजीतको भूमिका निर्वाह गरेका थिए भने दयानन्द शेट्टीले दया। अब अभिजीत र दया एकसाथ देखिँदैछन्। तर उनीहरू सिआइडीमा देखिन लागेका भने होइन।

यसकुरालाई पुष्टि गर्दै दयानन्द शेट्टीले भने, ‘हो हामी एकसाथ देखिँदैछौं। तर अभिजीत र दयाको रूपमा होइन।’

उनीहरू एक ट्राभल शोमा देखिन लागेका हुन्। यो मे महिनादेखि प्रसारण हुने बताएको छ। यसलाई सिआइडी टिमले नै लिएर आउन लागेका हुन्।

यो शो बाहेक उनीहरू एक फिल्ममा पनि देखिनेछन्। ‘हामीले एउटा फिल्म पूरा गरिसकेका छौं। हामीले अहिलेसम्म दर्शकहरूबाट धेरै माया पाएका छौं। आशा छ यो जारी रहनेछ,’ श्रीवास्तवले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖