• Thursday 8th of October 2026

दोहरी गायक डंगोलको ह्रदयघातबाट निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । नुवाकोट स्थायी घर भएका लोकप्रिय घाँसे दोहोरी गायक दलबहादुर डङोलको निधन भएको छ । डंगोलको शुक्रबार साँझ काठमाडौंमा निधन भएको परिवारले जनाएको छ ।

परिवारका सदस्यले गायक डङोलको ८५ वर्षको उमेरमा काठमाडौंस्थित गङ्गालाल अस्पताल बासबारीमा निधन भएको हो । ह्दायघात भएपछि अस्पताल लगिएका डंगोलको अस्पतालले मृत्य भएको जानकारी दिएको हो । उनको आजै पशुपतिमा अन्त्यष्टी गर्ने तयारी गरिएको छ ।

गायक डङ्गोलको निधनले लोक गायनको क्षेत्रमा ठूलो क्षति पुगेको सरोकारवालाहरूले बताएका छन । डंगोल पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित थिए । डंगोलका पचासौँ गीत भाइरल छन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖