• Wednesday 7th of October 2026

घरेलु बक्सअफिसमा ‘बोक्सीको घर’को उत्साहजनक ओपनिङ


  • धनकुटा खबर
  • .

काठमाडौं । केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ले घरेलु बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । शुक्रबार अपरान्ह र सन्ध्याकालिन शोको अकुपेन्सी उत्साहजनक देखियो । शुक्रबार रिलिज भएको बलिउड फिल्म ‘रुस्लान’को अकुपेन्सीलाई पनि उछिन्दै यो फिल्म बक्सअफिसको शीर्ष स्थानमा रह्यो ।

बोक्सी कुप्रथाको नाममा हुने महिला हिंसाको कथावस्तुमा फिल्म बनेको छ । थ्रीलर फिल्मलाई डेब्यु निर्देशक सुलक्षण भारतीले निर्देशन गरेका हुन् । मञ्चन भैसकेको नाटकबाट प्रेरित रहेर बनाइएको फिल्मले समाजका वास्तविक घटनाक्रमलाई चित्रण गरेको जनाइएको छ ।

तपाईंलाई सोसल-ड्रामा र थ्रीलर फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ । ११० मिनेट लामो यो फिल्ममा केकीसहित सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउतको अभिनय छ ।

फिल्मले शुक्रबार बिहानदेखि बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रबार फिल्मको देशब्यापी अकुपेन्सी ६० देखि शतप्रतिशत रह्यो । क्यूएफएक्स, आइएनआईका अपरान्ह र सन्ध्याकालिन शोज हाउसफूल रहे । बिहानीको शोहरु ३० देखि ५० प्रतिशतसम्म थिए । केकी र निर्देशक भारतीसहितको टोली हल–हलमा पुगेर दर्शकसँग भेटघाटमा ब्यस्त देखियो ।

शनिबार फिल्मले उत्कृष्ट कमाई गर्ने अपेक्षा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖