• Sunday 18th of October 2026

आफ्नै घरको चारतला माथिबाट खसेर मानन्धरको मृत्यु


  • धनकुटा खबर
  • .

भक्तपुरको सूर्य विनायकका सुवर्ण मानन्धरको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका–४ हर्षचोक निवासी मानन्धरको शुक्रबार राति आफ्नै चार तले घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।

घरको छतबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको हो। ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ डीएसपी कार्कीले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖