महोत्तरी । पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । त्यस्तै उक्त दुर्घटना एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षिया स्मृति कार्की रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । दुर्घटनापछि उपचारका लागि जनकपुरधाम लैजाँदै गरेको अवस्थामा उनको मृत्यु भएको हो ।
सर्लाहीबाट महोत्तरीतर्फ जाँदै गरेको प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल आज बिहान करिब नौ बजे अनियन्त्रित भई उक्त दुर्घटना भएको हो । मोटरसाइकलमा सवार अर्की ५० वर्षिया महिलाको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ ।
उनलाई जनकपुरमा उपचार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर राखिएको प्रहरीले जनाएको छ ।
