• Sunday 18th of October 2026

अटोमा १० किलो गाँजा लिएर हिँडिरहेका दम्पति पक्राउ


  • धनकुटा खबर
  • .

रौतहटबाट प्रहरीले गाँजासहित दम्पतिलाई पक्राउ गरेको छ।

कटहरिया नगरपालिकाबाट शनिबार साढे १० किलो गाँजासहित पतिपत्नीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पक्राउ पर्नेमा बाराको निजगढ–१ घर भएका ४२ वर्षीय अनन्त बराइली र उनकी श्रीमती ३५ वर्षीया मञ्जु बराइली छन्।

कटहरिया–२ मा प्र.२–०३–००१ ह–३१५ नम्बरको अटोरिक्सा रोकेर जाँच गर्नेक्रममा चालक बस्ने सिट मुनी रातो रङको प्लास्टिकमा बेरिएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी रौतहटका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए।।

अटो अनन्तले चलाएका थिए। मञ्जु सोही रिक्सामा सवार थिइन्। अस्थायी प्रहरी पोष्ट छेदीचोकबाट खटिएका प्रहरीले जाँच गर्दा गाँजा बरामद भएको हो।

सुराकीको आधारमा गाँजासहित दम्पतिलाई पक्राउ गरिएको प्रहरीको भनाई छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको शर्माले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖