• Wednesday 7th of October 2026

अल्फाबेट फेरी बन्यो २ ट्रिलीयन डलर कम्पनि


  • धनकुटा खबर
  • .

काठमाडौँ । गुगलको मुख्यकम्पनि अल्फाबेट पुन: २ ट्रीलियन डलरको कम्पनि बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रीलियन डलर पुगेको हो ।

अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रीलियन  डलरको कम्पनि बनेको थियो । योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनि बनेको छ ।

अहिले विश्वमा माइक्रोसफ्ट ३ ट्रीलियन डलरको कम्पनि रहेको छ र विश्वमै सबैभन्दा ठुलो कम्पनि रहेको छ । त्यस्तै एप्पल २.६ ट्रीलियन डलरसहित सबैभन्दा ठुलो कम्पनिको सूचीमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै सफ्टवेर कम्पनि एनभिडिया २.२ ट्रिलीयन डलरको कम्पनि रहेको छ ।

त्यसति अहिले अमेजन १.८ ट्रिलीयन डलर सहित पाँचौं स्थानमा छ भने मेटा १.१ ट्रिलीयन डलर कम्पनि रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖