• Sunday 18th of October 2026

छोरीले नै बुबाको हत्या गरेपछि


  • धनकुटा खबर
  • .

जुम्लामा बुबाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्।

पातारासि गाउँपालिका-३ का ५६ वर्षीय सुवा महतरातको हत्या आरोपमा उनको २६ वर्षीया छोरी हाँसु ऐडी पक्राउ परेकी हुन्।
हाँसु सौतनी छोरी हुन्।

उनलाई अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको टोलीले सनिवार दिउँसो पक्राउ गरेको हो।

पातारासि गाउँपालिका-१ घर भइ माइतीघर आएकी उनले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको हो। उक्त खबर प्राप्त भएसँग उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖