• Thursday 8th of October 2026

अभिनेता साहिल खान गिरफ्तार


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता साहिल खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार छत्तीसगढको चर्चित अनलाइन महादेव सट्टा एप प्रकरणमा उनलाई बस्तरबाट पक्राउ गरिएको हो। साहिल खानविरुद्ध यो अनलाइन सट्टेबाजी एपको वेबसाइट चलाएको र प्रचार गरेको आरोप छ।

बस्तर प्रहरीले यसको पुष्टि गरेको छ।पुलिसका अनुसार साहिल खानले यस मामिलामा मुम्बई हाई कोर्टमा अग्रिम जमानत याचिका दायर गरेका थिए तर अदालतले याचिका खारेज गरिदिएपछि उनी बस्तरको जिल्ला सदरमुकाम जगदलपुरमा लुकेर बसेका थिए।पक्राउ परेपछि अभिनेता खानलाई छत्तीसगढबाट मुम्बई ल्याइएको छ।समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै साहिलले भनेका छन्, ‘मलाई भारतीय न्याय प्रणालीमा पूर्ण विश्वास छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖