• Sunday 18th of October 2026

पाँचवटा दमकल प्रयोग गरी निभाइयो शंखमुलको आगो, ८ पसल र तीन घरमा क्षति


  • धनकुटा खबर
  • .

शंखमुलको दोभान पुलनजिक भएको आगलागी नियन्त्रणमा आएको छ।
आइतबार पौने १ बजेदेखि सुरू भएको आगलागी नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

आगलागीबाट ८ पसल र तीनवटा पक्की घर जलेका छन्।

आगो निभाउन पाँच वटा दमकल प्रयोग गरिएको एसपी अधिकारीले जानकारी दिए।

उनका अनुसार दोभानपुल नजिक विशाल केसीले सञ्चालन गरेको देवी अटोमोबाइल्स प्रालिमा विद्युत सर्ट भएर आगलागी भएको थियो।

त्यसपछि वर्कशप सँगै रहेका अर्को मोटरसाइकल वर्कशप, पान पसल, माछा पसल, खाजा पसल, तरकारी पसल, मासु पसलमा पनि आगो फैलिएको थियो।

संँगै रहेका तीन घरमा पनि आंशिक क्षति भएको उनले बताए। आगो नियन्त्रणमा आइसकेकाले अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको उनले बताए।

आगो निभाउन स्थानीय बासिन्दा, प्रहरी र ललितपुरको २ तथा काठमाडौं महानगरपालिको ३ वटा दमकल प्रयोग गरिएको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖