• Sunday 18th of October 2026

वीरगञ्जमा गोली चल्यो, भारतीय नागरिक बब्लु घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । पर्सा प्रहरीले वीरगञ्जमा गोली चलाएको छ । प्रहरीको गोली लागेर काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् ।

घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको पर्साका एसपी कुमोध ढुंगेलले बताए ।

पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको एसपी ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।

देब्रे खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

गत ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली लागेर मोहम्मद मारिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖