• Sunday 18th of October 2026

विदेशमा रहेका श्रीमानसँग फोनमा कुरा गर्दागर्दै श्रीमतीले घाँटी रेटिन्


  • धनकुटा खबर
  • .

बुटवल: पूर्वी नवलपरासीको कावासोतीमा एक जना महिलाले घाँटी रेटेर आत्महत्याको प्रयास गरेकी छिन् ।

वैदेशिक रोजगारीमा रहेका श्रीमानसँग फोनमा कुरा गर्दागर्दै ती २७ वर्षीया महिलाले आत्महत्याको प्रयास गरेकी हुन् । शुक्रबार बिहान साढे १० बजेतिर श्रीमानसँग फोनमा कुरा गर्दागर्दै महिला एक्कासी चिच्चाएपछि श्रीमानले आमालाई फोन गरेर खबर गरेका थिए ।

उनका आफन्त र प्रहरीले उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगेका थिए ।त्यहाँ उपचारपश्चात थप उपचारका लागि उनलाई चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । महिलाको अवस्था गम्भीर छ ।

उनी केही समयदेखि डिप्रेसनमा रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖