• Wednesday 7th of October 2026

इराकी संसदले भन्यो, समलिङ्गी सबन्ध अपराध, हुनसक्छ १०-१५ बर्षको जेल सजायँ


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ बैशाख । इराकको संसदले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ । 

 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकमा समलिङ्गी सम्बन्ध राख्नेलाई अब १० देखि १५ वर्षसम्मको जेल सजाय हुन सक्छ।

 

नयाँ कानुन अनुसार तेस्रोलिङ्गीलाई पनि ३ वर्षसम्मको जेल सजाय हुन सक्नेछ । यस निर्णयको समर्थन गर्नेहरूले नयाँ कानून मार्फत देशमा धार्मिक भावनाको रक्षा गर्ने बताएका छन्।

 

अल जजीराका अनुसार समलैंगिकता वा वेश्यावृत्तिलाई बढावा दिने र लिंग परिवर्तनको शल्यक्रिया गर्ने डाक्टरहरूलाई अब इराकमा जेल सजायसमेत हुनेछ। यसबाहेक जानीजानी महिलाजस्तो व्यवहार गर्ने र पत्नी आदानप्रदानमा संलग्न पुरुषलाई पनि नयाँ कानुनअनुसार जेल सजाय हुन सक्छ।

 

साथै, समलिङ्गी यौन प्रवद्र्धन गर्ने समलिङ्गी पुरुषलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । समलिङ्गी सम्बन्धलाई प्रोत्साहन गर्नेलाई ७ वर्ष जेल सजायको व्यवस्था छ । वास्तवमा इराकमा १९८० मा वेश्यावृत्ति कानून परिवर्तन गरियो र यसले समलिङ्गी सम्बन्धलाई मृत्युदण्डको सजाय थप्यो। यस निर्णयको अमेरिकासहित धेरै पश्चिमी देशहरूले विरोध गरेपछि यसमा परिवर्तनहरू गरियो।

 

इराकी सांसद अमीर अल मामुरीले शफाक न्यूजलाई भने कि इस्लामिक र सामाजिक मूल्यमान्यताहरू विरुद्ध जानेहरूलाई लगाम लगाउन यो कानून धेरै महत्त्वपूर्ण छ। यो विधेयक अप्रिलको सुरुमा पारित हुने भनिएको थियो तर इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीको अमेरिका भ्रमणका कारण स्थगित भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖