काठमाडौं । काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जङ्गलमा अधिवक्ता मृत अवस्थामा भेटिएका छन् ।
ओखलढुङ्गा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार रुखमा पासो लागेको अवस्थामा भेटिएको शव निकालेर पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पठाइएको छ ।
अधिवक्ता दाहाल शुक्रवारदेखि परिवारको सम्पर्कमा थिएनन् । उनी परिवारसँग बानेश्वरमा बस्दै आएका थिए ।-नेपाल भ्यूज
