• Sunday 18th of October 2026

नयाँ घर बनाउँदै गरेका श्रीमान झुण्डिएको श्रीमतीको टाउको फुटेको अवस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला परेका छन् ।

मध्यबिन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारले बताए । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी निरीक्षक शर्माका अनुसार अन्दाजी ६५ वर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५५ वर्षीया मिना कुमाल मृत अवस्थामा आफ्नै घरमा भेटिएका हुन् ।

स्थानीय बासिन्दाका अनुसार कुमालको नयाँ घर बनाउन आउने कामदारहरुले घरका मान्छे बिहान अबेरसम्म नउठे पछि खोजीनीति गर्दा दुवै जना मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । तुलबहादुर कुमाल गएराति १० बजेसम्म छिमेकीहरुसँग नै सकुशल अवस्थामा रहेका स्थानीयले बताए ।

श्रीमती मिना कुमालको टाउकामा चोट लागेको छ भने श्रीमान तुलबहादुर कुमाल झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले भने श्रीमानले श्रीमतीको हत्या गरी आफू पनि झुण्डिएर आत्महत्या गरेको आशंका गरेका छन् ।

यसअघि पनि श्रीमान श्रीमतीबिच बेला–बेलामा झगडा हुने गरेको स्थानीय सुन्दर बस्नेतले बताए । प्रहरीले घटनामा हत्याको आशंका गरेको जनाएको छ । घरमा अन्य आफन्त कोही नभएको र अहिले नै घटनाको बारेमा केही भन्न नसकिने प्रहरी निरीक्षक कमल परियारले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖