• Wednesday 7th of October 2026

एशियाकै सबैभन्दा धेरै अर्बपति बस्ने शहर बन्यो मुम्बई


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको आर्थिक राजधानी मुम्बई एशियाकै अर्बपतिको राजधानी बनेको छ। चीनको राजधानी बेइजिङलाई पछि पार्दै मुम्बईले पहिलो पटक यो स्थान हासिल गरेको हो। यहाँ ६०३ वर्ग किलोमिटर क्षेत्रफलमा ९२ अर्बपति बसोबास गर्छन् भने बेइजिङको १६ हजार वर्ग किलोमिटर क्षेत्रमा ९१ अर्बपति छन्। हुरुन रिसर्चको ‘ग्लोबल रिच लिस्ट २०२४’ अनुसार पछिल्लो एक वर्षमा मुम्बईमा २६ जना नयाँ व्यक्ति अर्बपति बनेका छन् भने बेइजिङमा १८ जना यस अवधिमा सूचीबाट बाहिरिएका छन्। चीनमा ८१४ अर्बपति छन् भने भारतमा २७१ अर्बपति छन्।

मुम्बई यो सूचीमा विश्वको तेस्रो स्थानमा पुगेको छ। न्युयोर्क पहिलो स्थानमा छ, यहाँ ११९ अर्बपतिको बसोबास छ भने लन्डन दोस्रो स्थानमा छ, जहाँ ९७ जना अर्बपति छन्। रिपोर्टका अनुसार मुम्बईका ९२ जना मानिसको कुल सम्पत्ति एक वर्षमा ४७ प्रतिशतले बढेर ४४५ अर्ब डलर पुगेको छ । योसँगै चिनियाँ राजधानीमा अर्बपतिहरूको सम्पत्ति २८ प्रतिशतले घटेर २६५ अर्ब डलर पुगेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖