• Sunday 18th of October 2026

गोदावरीको आनन्द जंगलमा लागेको डढेलो निभाउन गएका एकको मृत्यु


  • धनकुटा खबर
  • .

ललितपुरको आनन्द जंगलमा लागेको डढेलो निभाउन गएका एक जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शेखर खनालले बताए।

‘उहाँलाई स्थानीय स्वास्थचौकीमा उपचार गरी थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो। उपचारको क्रममा मृत्यु भएको हो,’ उनले भने।

जंगलमा लागेको डढेलो फैलिएर नजिकैको कृष्ठरोग अस्पतालसम्म आउन सक्ने भएपछि निभाउन जाँदा दुई जना घाइते भएका थिए।
अर्का घाइतेको पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए।

आनन्द जंगलमा सोमबार रातीदेखि डढेलो लागेको थियो।
जंगलमा लागेको डढेलो फैलिएर नजिकैको कृष्ठरोग अस्पतालसम्म आउन सक्ने भएकोले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖