जुम्लामा माइत आएकी एक छोरीले आमाको हत्या गरेकी छिन्। जुम्लाको पातारासी गाउँपालिका-३ छुमस्थित माइती आएकी २५ वर्षीया हाँसु ऐडीले आफ्नी ५५ वर्षीया आमा सुवा महतराको हत्या गरेकी हुन्।
पातारासी गाउँपालिका-१ गडिगाउँ घर भएकी हाँसु ऐडीले आफ्नी ५५ वर्षीया आमा सुवा महतरालाई शनिबार मुसलले टाउकोमा हानेर हत्या गरेकी प्रहरीले जानकारी दिएको छ ।
यसैबीच आमा सुवा महतराको हत्या गरेको आरोपमा हाँसु ऐडीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए । उनले भने, ‘छोरीको मानसिक सन्तुलन ठिक नभएको हुँदा घटना घटेको हुन् सक्छ ।
उनलाई पक्राउ गरेका छौँ । स्वास्थ्य जाँच गरेर मानसिक अवस्था के कस्तो छ ? डाक्टरको रिपोर्ट अनुसार कारबाही गर्छौँ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।’
