• Sunday 18th of October 2026

शनि लग्नमा कस्तो प्रभाव दिन्छ?


  • धनकुटा खबर
  • .

-शनि लग्नमा ब्यक्तिले चाहेको बेला होइन अधिक परिश्रम या संघर्षपश्चात् शनिले चाहेको बेला प्रतिफल प्राप्त गर्नेवाला ।

-अधिक परिश्रम पश्चात् मात्र सफल हुने, कर्मठ, आलस्ययुक्त, गुप्त कार्य समापन गर्नेवाला, धैर्यवाला, न्यायीक, अधिक संघर्ष पश्चात् सुख प्राप्त गर्नेवाला, सोचेको समयमा काम नहुनेवाला ।

-दुर्गामी योजना बनाउने वाला, स्थिर प्रकृतिको, शान्त, दार्शनिक, लेखक ।

-पारिवारिक बन्धन तथा पुर्ण लाभ नपाउनेवाला, बेलाबेला भाईबैनीसङ्ग पनि मतभेद रहने, जीवनसाथीसङ मतवेद रहने, जिद्दी एवं सन्का राख्नेवाला ।

-अन्यको सहजै गल्ती जान्नेवाला, मनोवैज्ञानिक, चिकित्सक, आयुर्वेद जानकार, नाटककार ।

विशेष जानकारी
-शनि मित्र, उच्च या स्वराशिमा स्थित रहेमा जातक को उच्च पद प्राप्त गर्ने, उच्चाधिकारी हुने गर्छ । जातक पारक्रमी एवं साहसी रहनेछ साथै माथिका सकारात्मक कुराहरू प्राप्त गर्छन ।

-तर शत्रु व नीच राशिमा शनि रहेमा जातक झूठ बोल्नेवाला अनि स्वार्थी हुन्छन्, कसैलाई सहयोग नगर्ने, मानसिकता अच्छी, झगड़ालू साथै गरीब जीवन रहन सक्छ । दूषित शनिवाला ब्यक्ति कुरूप, मलिन आलसी साथै अभिमानी हुने गर्छन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖