• Sunday 18th of October 2026

एकाबिहानै भ्यान दुर्घटना, एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

इलाम । मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बुधबार बिहान झापाबाट इलामतर्फ आउँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भइ राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बिहान ५ बजे भएको दुर्घटनामा अन्दाजी २४/२५ वर्षको एक पुरुष मृत आवस्थामा फेला परेको डिएसपी प्रकास जबेगूले बताउनुभयो । भ्यानमा कति सवार थिए भन्ने केही खुल्न सकेको छैन । अहिले थप प्रहरी टोली घटनास्थल तर्फ गएको बताइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖