डडेल्धुरा । डडेल्धुरामा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन् ।
जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका हुन् ।
मंगलबार श्रीमान्–श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा कर्णबहादुरले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको खुलेको छ।
घटनापछि श्रीमतीलाई स्थानीयले गांखेत स्वास्थ्य चौकीमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी पुगाइएको छ ।
अहिले उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
उनको अवस्था गम्भीर रहेको र कर्णबहादुरलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
