काठमाडौँ । काठमाडौंको पुतलीसडकमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमति प्रदेश–०२–०२७ प ८२८० नम्बरको डुक मोटरसाइकल चालक शाहिल देउलाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१२ घर भएका देउलाको उपचारको त्रmममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
बा.२१ च ६४४८ नम्बरको पिकअप भ्यान चालक २७ वर्षीय शौरव बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेत ताप्लेजुङको मौवाखोला गाउँपालिका–६ का स्थानीय हुन् । दुवै सवारी साधन प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।
