• Monday 19th of October 2026

ह्वात्तै घट्यो अन्डाको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको बुधबार बसेको भर्चुअल बैठकले बिहीबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य तोकको हो ।

नयाँ मूल्य पहिलेभन्दा घटेको छ । नयाँ मूल्य अनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । यस्तै ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्ने संघले जनाएको छ ।

यसअघि २२ चैतमा मूल्य बढाएर मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ तोकेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖