• Monday 19th of October 2026

भारतमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु


  • धनकुटा खबर
  • .

कञ्चनपुर । कञ्चचनपुरका एक जनाको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

भारतको ब्याङ्लोरमा सवारी दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका—२ का ५२ वर्षीय गुणानन्द जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोजगारीको सिलसिलामा ब्याङ्लोर पुगेका जोशीको दुर्घटनामा मृत्यु भएको हो। उनको शव ब्याङ्लोरकै एक अस्पतालमा राखिएको बताइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖