• Monday 5th of October 2026

गुगल सर्च सर्भर डाउन


  • धनकुटा खबर
  • .

काठमाडौँ । पछिल्ला केही दिन यता गुगलका सेवाहरूमा समस्या देखिन थालेको छ । गए राति पनि केही प्रयोगकर्ताको डिभाइसमा गुगल सर्च डाउन भएको खबर आएको छ ।

अमेरिका, बेलायत, भारत समेत केही देशमा गुगल सर्चमा समस्या देखिएको बताइएको छ । समस्या नेपाली समयअनुसार राति ८ बजेपछि देखिन थालेको थियो । समस्या केही घण्टासम्म देखिएको बताइएको छ ।

गुगल म्यापमा पनि समस्या

डाउन डिटेक्टरको रिपोर्टअनुसार बेलायतमा ३०० भन्दा धेरै प्रयोगकर्ताले गुगल म्यापमा समस्या आएको बताएका थिए । अमेरिकामा १ हजार ४ भन्दा बढी प्रयोगकर्ताको गुगल म्यापले काम नगरेको बताइएको छ ।

त्यतिबेला गुगलको जीमेल, युट्युब र गुगल टकले भने राम्रोसँग काम गरिरहेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖